June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

अबको १० वर्षलाई लगानीको दशक बनाउन भूमिका खेल्ने गरी कार्यक्रम बनाइएको छ: मन्त्री लम्साल

1.4K

काभ्रेपलान्चोक । बागमती प्रदेशका श्रम राेजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले शुक्रबार बागमती प्रदेश सरकारले पास गरेको नीति तथा कार्यक्रमले अबकाे १० वर्षलाई लगानीको दशक बनाउन भूमिका खेल्ने गरी कार्यक्रम बनाइएको बताएका छन्।

शनिबार काभ्रे उद्योग वाणिाज्य संघकाे ४२ औं साधरण सभा तथा अधिवेशनकाे उदघाटन सत्रलाई सम्वाेधन गर्दै मन्त्री लम्सालले देशकाे अर्थतन्त्रलाई मजबुत र दिगाे बनाउने उदेश्यले आर्थिक बर्ष २०८०/८१ काे नीति तथा कार्यक्रममा बागमती प्रदेश सरकारले लगानीको दशक कार्यक्रम अगाडि बढाएको बताएका हुन्।

उनले नवनिर्वाचित उद्योग वाणिज्य संघका पदाधिकारीले आफ्नो जिम्मेवारी सफलता पुर्वक पूरा गर्नु हुने विश्वास व्यक्त गर्दै अग्रिम बधाई तथा शुभकामना दिए । उनले भने, “देशकाे विकास , समृद्धि, अर्थतन्त्रलाई चलायमान गर्न उद्योगी, व्यवसायले मात्रै सक्ने छन् । व्यवसायीले राेजगारी सिर्जना गर्ने र अर्थतन्त्रलाई टेवा पुर्याउने कार्य गरेका छन् । समाजका सम्मानित र प्रतिष्ठित व्यक्ति व्यवसायी नै हुन्।” तसर्थ व्यवसायीहरुले समाजमा व्यवसायकाे उच्च मुल्यांकन हुने कार्य गर्न अनुराेध गरे।

Advertisement

आयतमुखी उद्योगले मुलुक समृद्धितर्फ नजाने तर्क नगर्ने उल्लेख गर्दै मन्त्री लम्सालले उत्पादनमुखी व्यवसायमा लाग्न आग्रह गरेका छन्। देशमा उत्पादन भएको बस्तुकाे व्यापारलाई प्राथमिकतामा राख्नु पर्ने धारणा राख्दै आगामी दिनमा व्यवसायी र उद्योगलाई टेवा पुग्ने गरी नयाँ ढंगबाट नीति कार्यक्रम बनाउन जाेड दिने उनले बताए।