March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

सांसद श्रेष्ठको सचिवालय कार्यालयमा जनताका गुनासाहरुको सुनुवाई हुने

1K

काठमाडौं । बागमती प्रदेशसभाकी सांसद यमुनादेवी श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई लक्षित गर्दै सचिवालय कार्यालय स्थापना गरेकी छिन् । काठमाडौं चन्द्रागीरि ११ बालकुमारीमा सांसद श्रेष्ठले बिहीबार आफ्नो सचिवालय उद्घाटन गरेकी हुन् ।

आफ्नो निर्वाचन क्षेत्रका जनताको गुनासो संकलन गरी प्रदेश सरकारमार्फत समाधानका गर्ने प्रयास स्वरुप सचिवालय खोलिएको श्रेष्ठले बताइन् ।

यस्तै प्रदेश सरकार अन्तर्गतका योजना, विकास निमार्ण गतिविधि, जनताका समस्या लगायत जानकारी दिने सचिवालयमार्फत लिन सकिनेछ । जनताको गुनासो र समस्यालाई प्रदेशसभाको बैठकमा राख्ने भन्दै यस क्षेत्रमा समस्याको बारेमा समेत छलफल गर्ने उद्देश्यको साथ सचिवालय खोलिएको बताइन् ।

Advertisement

सचिवालय उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना), बागमती प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेश सांसद रामकृष्ण चित्राकार, स्थानीय नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।

यस्तै सांसद श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश सरकार अन्तर्गत विकास निमार्ण कार्यको सार्वजनिक समेत गरिन् । विकास निमार्ण अन्तर्गत बाग्मती प्रदेश सरकारबाट विनियोजित भएको क्षेत्रगत विकास विवरणमा सम्पन्न भएको योजना, सम्पन्न हुने योजना समेत सार्वजनिक गरिएको थियो । योजना अन्तर्गत खानोपानी, ढल, सडक स्तरोन्नती, भवन निमार्ण, मन्दिर निर्माण, गणेशमान पार्क लगायतका विकास निमार्णको कामको समीक्षा समेत गरिएको थियो ।