April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

निर्माण व्यवसायीका कारण सडक निर्माण सम्पन्न नहुने भएपछि गौतमको आमरण अनसन सुरु

२०८० फाल्गुन ११

1.3K

काभ्रेपलान्चोक । जिल्लाको धुलिखेल–खावा सडक खण्डमा निर्माण व्यवसायीका कारण सडक निर्माण सम्पन्न नहुने भएपछी जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले आजबाट आमरण अनसन सुरु गरेका छन् ।

उनले शुक्रबार २:३० बजेदेखि अरनिको राजमार्गस्थित खावामा अनसन सुरु गरेका हुन् । 

धुलिखेलदेखि खावासम्मको जम्मा ४ किलोमिटर सडक विस्तारको काम सम्झौता अवधि यही चैत १९ गते सकिदैँछ । सडक निर्माण कम्पनीले २०७९ जेठ २० गते ठेक्का सम्झौता गरेको थियो ।

Advertisement

प्रमुख गौतमले यसअधि नै निर्माण कम्पनीलाई दबाव सिर्जना गर्दै आएका थिए । दबाबकै क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पाँचखाल नगरपालिकाकाे एक कार्यक्रममा आएका बखत ज्ञापनपत्रसमेत बुझाएका थिए ।तर निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रा.लिले नै सडक विस्तारमा अवरोध गर्दै आएपछि तोकिएको समयमा काम पूरा नहुने भएको छ । सम्झौता मिति सकिन जम्माजम्मी एक महिना मात्रै बाँकी हुँदा अहिलेसम्म एक तिहाई पनि काम सम्पन्न भएको छैन ।

नेकपा एकीकृत समाजवादी केन्द्रीय परिषद सदस्य तथा काभ्रे जिल्ला कमिटी उपाध्यक्षसमेत रहेका गौतमले काभ्रेका नागरिक दुर्घटनामा परेर ज्यान गुमाउने तर आफू अनुगमन गर्ने निकाएमा बसेर टुलुटुलु हेरिरहन नसक्ने भन्दै भौतिक तथा यातायात मन्त्रालय , सडक डिभिजन कार्यालय र निर्माण कम्पनीलाई दबाव दिन बाध्य भएर अनशन सुरु गर्नु परेकाे बताए।

उनले भने , “याे सडक खण्डमा नागरिकले धेरै सास्ती भाेग्नु परेको छ। दुर्घटना पनि धेरै भइसकेको छ। प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको र विषयगत मन्त्रालयमा र मन्त्रीलाई पनि बारम्बार जानकारी गराउदा पनि सुनुवाइ नभए पछि अनशनकाे विकल्प छैन ।”

उनले अब सडक बन्ने सुनिश्चितता सराेकारवाला निकायले नलिएसम्म कुनै पनि हालतमा अनशन नताेड्ने बताए।