April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

नेपाल रिटर्नी एशोसिएन, ललितपुर जिल्ला कमिटीको संयोजकमा स्वयेम्भुराज डंगोल

1.5K

काठमाडौं । नेपाल रिटर्नी एशोसिएन, ललितपुर जिल्ला कमिटीको संयोजकमा स्वयेम्भुराज डंगोल र सह–संयोजकमा अच्युत खनाल, कृष्ण गोपाल डंगोललाई तोकिएको छ ।

पार्टीका केन्द्रीय उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव डा.गंगालाल तुलाधर, बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसाल र संगठनका केन्द्रीय अध्यक्ष प्रविण पौडेलको विशेष उपस्थितिमा उक्त जिम्मेवारी तोकिएको हो ।

त्यस्तै जिल्ला कमिटी अध्यक्ष हरी थापालगायतको उपसथिती थियो भने रिटर्नी एशसिएसनको महासचिव दिपेश सिञ्जाली मगरकोसमेत उपस्थिति रहेको थियो ।

Advertisement

कार्यक्रममा पार्टी उपमहासचिव डा.तुलाधरले युवा शक्ति रोक्न जरुरी रहेको बताउनु भयो। उनले युवा पलायनको अवस्था डरलाग्दो भएको बताउदै यसको लागि पार्टी र सरकारले उचित कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिए ।

त्यस्तै संगठनका अध्यक्ष पौडेलले विदेशमा पढेर, विभिन्न तहमा रहेर वा काम गरेर फर्किएका युवाहरु समेटेर अगाडि बढ्ने बताए । उनले रिटर्निको ज्ञान शिप र पूँजीलाई उत्पादनमा जोडेर युवा पलायन रोक्न सकिने दाबी गरे ।

उनले भने, ‘यदी युवा पलायन रोक्न बेलैमा सोचिएन भने देशमा अन्य भौतिक विकासको कुनै औचित्य रहँदैन । यो सबै खण्डहरमा परिणत हुन सक्ने अवस्था आउन सक्छ । अहीले सरकारलगायत गैरसरकारी निकायले रिटर्निलाई पुनःस्थापना कार्यक्रम राखेता पनि पर्याप्त रहेको छैन । यसलाई थप व्यवस्थित गर्नुपर्नेमा म जोड दिन चाहान्छु ।’