January 14, 2025, Tuesday
२०८१ माघ १
1:37:26 pm

एमाले मकवानपुर जिल्ला कमिटी सदस्य बर्तौला एकीकृत समाजवादीमा प्रवेश

1.4K

काठमाडौं । नेकपा (एमाले) मकवानपुर जिल्ला कमिटी सदस्य किशोर बर्तौला नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।

बर्तौलाले एमाले परित्या गरी एकीकृत समाजवादीमा समाहित भएका एकीकृत समाजवादीका युवा नेता नितेश पौडेल जानकारी दिए ।

संघीय निर्वाचन क्षेत्र नम्बर २ का सचिवसमेत रहेका बर्तौलालाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले स्वागत गरेका थिए ।

Advertisement

अध्यक्षसहित पार्टीका प्रभावशाली नेता विरोध खतिवडालगायत नेताहरूले बर्तौलालाई पार्टीमा स्वागत गरेको नेता पौडेलले जानकारी दिए ।