काठमाडौं । मङ्गलबारदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाइने भएको छ ।काठमाडौं महानगरपालिकाले काठमाडौंटावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो ।
विकल्पमा काठमाडौं टावरमा ३ सयवटा चारपाङ्ग्रे र ६ सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने
महानगरले जनाएको छ ।
धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिने महानगरले जनाएको छ ।