April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

सङ्घीयता कार्यान्वयनको सुरुआत राम्रो भएको छः मुख्यमन्त्री जम्कट्टेल

1.8K

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सङ्घीयता कार्यान्वयनको सुरुआत राम्रो भएको बताएका छन् । बिहीवार हेटौँडामा आयोजना भएको ‘तहगत अधिकारको कार्यविस्तृतीकरण’ विषयक अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले जनतालाई ‘अधिकार माग गर्ने चेतना’ सङ्घीयताले दिएको बताएका हुन् ।

संविधानले दिएका तहगत अधिकार आउन बाँकी नै भएका कारण निराशा हुनुपर्ने अवस्था नरहेको बताउदै उनले भने, “जनतामा शिक्षाको, स्वास्थ्यको, रोजगारको, विकासको चेतना सङ्घीयताले दिएको हो ।”

सङ्घीयतासँगै जनतामा अधिकार प्राप्ति र विकासको चेतना जागेको उनको भनाइ छ । उनले तहगत अधिकारका लागि र अवस्थाअनुसारको अधिकारको मोडल निर्माण र कार्यान्वयनका लागि साथै प्रदेशका मुख्य न्यायाधिवक्ता, सचिव र स्थानीय महासङ्घको सहभागितामा छलफल कार्यक्रम राखिएको बताए ।

Advertisement