April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

1.1K

काठमाडौं । सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ। मृत्युु हुनेमा मोटरसाइकल चालक खोटाङ जिल्लाको तुवाचुङ नपा–२ का कुमार राई र दिक्तेल नगरपालिका–१० बस्ने १८ वर्षीया मुनाकला राई रहेका छन् ।

प्रहरीका अनुसार आज बिहान सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहरेटारमा मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको बसले बा ६० प ३५४५ नम्बरको मोटरसाइलकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकलमा सवार दुवैको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक रामेछापको मन्थल दुर्घटनापछि राजमार्गमा सवारी आवागमन रोकिएको छ ।

Advertisement