April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

काठमाडौं महानगरपालिकाद्वारा विभिन्न खेलकर्मीहरुलाई सम्मान

1.3K

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न खेलकर्मीहरुलाई सम्मान गरेको छ । शुक्रबार महानगरपालिकाको २९औं वार्षिकोत्सवको अवसरमा उनीहरूलाई सम्मान गरेको हो ।

महानगरपालिकाले म्याराथन धावक बैकुण्ठ मानन्धर, एसियाड रजत विजेता एरिका गुरुङसहित फुटबल प्रशिक्षक बालगोपाल महर्जन, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्का, बास्केटबलकी कप्तान सदिना श्रेष्ठ, कराँते प्रशिक्षक केदारेश्वरमान स्थापितलाई नगद सहित सम्मान गरेको हो ।

उनीहरुलाई प्रशंसा पत्र र नगद १ लाख ५० हजार प्रदान गरिएको छ ।

Advertisement