काठमाडौं । ललितपुर महानगरपालिकाको फुटपाथ व्यवसायीलाई हटाउने निर्णयको विरोध गर्दै अभियन्ता ईः ले महानगरपालिकाको प्रांगणमा १०८ घण्टा उभिएर प्रदर्शन गर्ने भएको छ । महानगरलाई पुनर्विचार गर्नसमेत अनुरोध गर्दै मंगलबार दिउँसो ३ बजे प्रांगणमा उभिने निर्णय गरेको हो ।
महानगरपालिकाले पैदल यात्रु, सवारी आवागमन तथा ऐतिहासिक महत्त्वका स्थानहरूमा अवरोध परेको भन्दै मंसिर २४ गतेदेखि लगनखेल–मंगलबजार रुटमा साँझ/बिहान पनि फुटपाथ पसल राख्न निषेध गरेको थियो ।
तर, अभियन्ता ई:ले बरु कर लिनुपर्ने तर गतिखान दिनुपर्ने बताएको छ ।
सहर कार भएका मानिसको मात्र नभई सबैका लागि भएको भन्दै सहरको आत्मा मार्दै रात र बिहानका फुटपाथ क्षेत्र हटाउने निर्णयप्रति पुनर्विचार गर्न आवश्यक रहेको बताएको छ । ‘उनले बरु कर लेऊ, गरिखान देऊ तर विस्थापन होइन, व्यवस्थापन गर्न आग्रह छ,’ अभियन्ता ई:को भनाई छ ।