November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा एकै विद्यालयमा कार्यरत २ जनाको मृत्यु

1.7K

काठमाडौं। चितवनमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । शनिबार साँझ माडी नगरपालिका-१ बरुवास्थित चिताई खोलाको पुलमा लु२च २५०८ नम्बरको बोलेरोले बागमती प्रदेश०६००१प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको छ भने अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते भएका छन् । तीनै जना माडीको सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत थिए ।

प्रहरीका अनुसार बेलेरोको ठक्करबाट गम्भीर घाइते भएका खत्रीको बगौडा अस्पतालमा उपचारका क्रममा र अधिकारीको भरतपुरमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । मृतक पौडेल माडी नगरपालिका-१ निवासी र खत्री सुर्खेतको सिन्ता गाउँपालिका-३ आग्रीगाउँ निवासी हुन् ।

Advertisement

दुर्घटनामा घाइते स्याङ्जा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको इलाका प्रहरीले जनाएको छ ।