November 28, 2023, Tuesday
२०८० मंसिर १३
1:37:26 pm

एमाले बागमती प्रदेशमा अध्यक्ष कैलाश ढुंगेल विजयी

480

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको शुक्रबार भएको निर्वाचनमा अध्यक्ष कैलाश ढुंगेल विजयी भएका छन् । उनले अर्का प्रत्यासी कृष्णप्रसाद दाहाललाई २५७ मतले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् ।

ढुङ्गेल ६९६ मत पाएर विजयी हुँदा दाहालले ४३९ मत पाएका छन् ।

उपाध्यक्ष पदमा दावा दोर्जे लामा, सचिवमा नवराज सिलवाल एक मतले विजयी भएका छन् । सिलवाल ५६८ मतले विजयी हुँदा अर्का प्रत्यासी हस्त पण्डितले ५६७ मत पाएका थिए ।

Advertisement

खुला उपसचिवमा प्रेम कुमार महर्जन र महिला उपसचिवमा भक्त कुमारी लामा विजयी भएका छन् ।

सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि विद्युतीय मेसिनमार्फत् पार्टी कार्यालय च्यासलमा आज मतदान भएको थियो । मतदानमा ११३५ मत खसेको थियो ।