December 3, 2023, Sunday
२०८० मंसिर १७
1:37:26 pm

एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान सुरु

715

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । मतदान केही बेरअघि सुरू भएको हो ।

बागमति प्रदेशको अध्यक्षमा मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेलको उम्मेदवारी छ भने सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डित र ललितपुरका नवराज सिलवालबीच प्रतिस्पर्धा हुँदैछ ।

चितवन, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकमा सर्वसम्मत सदस्य छानिएको छ ।

Advertisement

एमाले बागमतीमा १ हजार १६४ जना प्रतिनिधि छन् । भोटिङ मेसिन प्रयोग गरेर मतदान भइरहेको छ ।