December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा चार जनाको उम्मेदवारी

550

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश कमिटीको अध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदमा कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी र सानुकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यसैगरी, ईश्वरचन्द्र पोखरेल, सुवासचन्द्र ठकुरी, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलासहित पाँच जनाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् भने सचिवमा नवराज सिलवाल, रत्न गुरुङ, हस्त पण्डित र रामकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, उपसचिवका लागि १२ जनाको उम्मेदवारी परेको छ । निर्वाचन भोलि बिहान ८ बजेबाट हुने बताइएको छ ।

Advertisement