November 28, 2023, Tuesday
२०८० मंसिर १३
1:37:26 pm

एमालेको बागमती प्रदेश अधिवेशन आजबाट सुरू

420

काठमाडौं । नेकपा (एमाले) को बागमती प्रदेश अधिवेशन आजबाट सुरू हुँदै छ । अधिवेशन आज बिहान ११ बजे भृकुटीमण्डपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् भने मंगलबार प्रज्ञा भवन कमलादीमा बन्द सत्र हुने छ ।

एमालेले संघीयता कार्यान्वयनमा आएपछि पहिलोपटक प्रदेश अधिवेशन गर्दै छ । अधिवेशनमा दुई केन्द्रीय सदस्यसहित ४ जना आकांक्षी देखिएका छन् । नेतृत्व चयनका लागि सर्वसम्मतिका लागि प्रयास भए पनि चुनावै हुने देखिएको जनाइएको छ ।

प्रदेश अधिवेशनमा एक लाख नौ हजार २३८ प्रतिनिधिबाट एक हजार १५० बढी प्रतिनिधि चुनिएर आएका छन् । सबै प्रतिनिधि सर्वसम्मत चुनिएर आएका हुन् ।

Advertisement