काठमाडौं । कांग्रेस नेता प्रदीप पौडेलले कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएको दाबी बताएका छन् ।
मङ्गलबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘प्रचण्डको पार्टीको सिट हाम्रो आधाभन्दा पनि कम छ । हामीले उहाँलाई प्रधानमन्त्री बनाएको हो ।’
उनले भष्टचारको फाइल खोलेपछि सबैमाथि छानबिन हुनेपर्ने पनि बताए । ‘यो सरकारले भ्रष्टाचारका फाइल खोल्दा समर्थन गरिएको छ । तर, फाइल खोलेपछि हाम्रा मानिस पर्ने अरूका नपर्ने भन्ने हुन्न, संलग्न सबैमाथि छानबिन हुनुपर्छ,’ उनले भने ।