November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बागमती प्रदेशसभाको बैठक बस्दै

1.9K

हेटौँडा । बागमती प्रदेशसभाको बैठक आज पनि बस्दै छ । बैठक अपराह्न ३ बजेका लागि आह्वान गरिएका बैठकमा सरकारले पेस गरेको विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ ।

बैठकमा विषयगत ५ वटा मन्त्रालयको विनियोजित बजेट कार्यक्रममाथि छलफल हुनेछ भने बैठकमा बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि सार्वजनिक गरेको बजेट कार्यक्रममा माथि खर्च कटौतीको प्रस्ताव राख्ने छन् ।

सांसदहरूले बजेट माथि विरोध गर्दै कार्यक्रम पुस्तिकामा उल्लेख भएका योजनाको रकम शून्य वा १०० कायम गर्न प्रस्ताव गर्ने र उक्त प्रस्तावलाई सदनमा छलफल गराए पश्चात् विषयगत मन्त्रालयका मन्त्रीहरूले सांसदले उठाएका प्रश्नको जवाफ दिने बैठकको कार्यसूची रहेको छ ।

Advertisement

प्रतिपक्ष दलहरूको निरन्तरको अवरोध पछि गत १२ गतेबाट अवरुद्ध रहेको प्रदेशसभा बैठक हिजो सोमबारबाट चलेको थियो ।