September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

बागमती प्रदेश सभा: प्रतिपक्षलाई जिम्मेवार बनेर सदनमा प्रस्तुत हुन प्रवक्ता श्रेष्ठको अनुरोध

5.6K

हेटौँडा। बागमती प्रदेश सभाको आजको बैठक प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले बोलेपछि स्थगित भएको छ । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि बजेटमाथि छलफल गर्न बोलाइएको बैठक नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधका कारण स्थगित गरिएको हो ।

बुधबारको प्रदेश सभाको बैठक स्थगित भएपछि आजको लागि तय भएको बैठक पुनः भोलि ११ बजेसम्मको लागि स्थगित भएको हो ।

विपक्षी दल र सत्तापक्षबीच सहमति जुट्न नसकेपछि गत मङ्गलबार र बुधवारको बैठक स्थगित भएको थियो । विपक्षी दलको लगातारको अवरोधपछि प्रदेश सभाको बैठक भोलि ११ बजे बस्ने गरी सभामुख भुवनकुमार पाठकले स्थगित गरेका हुन् ।

Advertisement

एमाले र राप्रपाले आव २०८०/०८१ को बजेट असन्तुलित र भेदभावपूर्ण भएको भन्दै बजेटको विरोध गर्दै आएका छन् ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले- सदन सञ्चालन गर्न प्रतिपक्षीसँग छलफल भैरहेको बताएका छन् । उनले प्रतिपक्षीले आरोप लगाएजस्तो सत्तापक्षले बजेटमार्फत प्रतिपक्षीलाई दमन गर्न नखोजेको कुरा प्रष्ट पारेका छन् । बजेट सत्तापक्ष, प्रतिपक्ष सबैको भएको हुनाले प्रतिपक्षलाई जिम्मेवार बनेर सदनमा प्रस्तुत हुन उनले अनुरोध गरेका छन् ।प प्रतिपक्ष गैरजिम्मेवार भएर सदन अवरोध मात्रै गरिरहे सरकार विधिमा जान वाध्य हुने कुरा पनि प्रवक्ता श्रेष्ठले जानकारी गराएका छन् ।