काठमाडौं। संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । नेपाली काँग्रेस नेतासमेत रहेका बस्नेतको आज बिहान निधन भएको हो ।
२००२ मङ्सिर २१ गते लिखु पिके गाउँपालिका, वार्ड नं ३ सोलुखुम्बुमा जन्मेका उनी लामो समयसम्म काँग्रेसको सक्रिय राजनीतिमा थिए ।
कांग्रेसको केन्द्रीय सदस्यसमेत भएका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट एमए तथा बीएल गरेका छन् । बस्नेतले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षसमेतको जिम्मेवारी सम्हालेका थिए ।
बस्नेतको ७८ वर्षको उमेरमा शुक्रवार निधन भएको हो ।