चितवन । चितवन क्षेत्र नम्बर २ का लागि नेपाली काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले १० वैशाखको उपनिर्वाचन आफ्ना लागि भएको बताएका छन् । उम्मेदवारी दर्ताअघि आयोजित सभालाई सम्बोधन गर्दै श्रेष्ठले रास्वपाका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि आफ्नै लागि उपचुनाव हुँदैछ भन्ने लागेको बताएका हुन् ।
उनले भने, ‘जितनारायण श्रेष्ठ संसदमा पुगेन, संसदमा पुगोस् भन्न चाहनाले उपचुनाव हुँदैछ भन्ने लाग्यो ।’
आफ्ना प्रतिस्पर्धी लामिछानेतर्फ संकेत गर्दै उनले केही मान्छेले चितवनलाई उपनिर्वाचनको प्रयोगशाला बनाउन चाहेको बताए । ‘तर चितवनका जनताले राम्रोसँग बुझेका छन्, चितवन प्रयोगशाला होइन ।’, श्रेष्ठले भने ।
चितवन पर्यटकीय नगरी भएको भन्दै उनले एक पटक आउनेलाई स्वागत गर्ने बताए । उनले अघि भने, स्वागत गरेको कुरालाई भ्रम सम्झेर जुन होटलमा बस्यो, त्यही होटल मेरो हो भन्न थाल्यो भने चितवनका जनताले फिर्ता पठाउन जानेका छन् ।’