April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मन्त्री गंगानारायण श्रेष्ठद्धारा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको अवलोकन

२०७९ फाल्गुन २९

7K

काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले काठमाडौँको टंगालमा रहेको नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा रहेका मूल्यवान कलाकृतिहरूको अवलोकन गरेका छन् । श्रेष्ठलाई प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालबहादुर लामालगायत प्राज्ञहरूले मन्त्री श्रेष्ठलाई स्वागत गरेका थिए ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठलाई नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानद्धारा स्वागत

उक्त संक्षिप्त भेटघाटमा प्रज्ञाप्रतिष्ठानको तर्फबाट मन्त्रीलाई महत्वपूर्ण सुझावहरू दिएका थिए । प्रदेशहरूमा एकएकवटा कला हब बनाउने, प्रदेश स्तरीय कला प्रदर्शनी गर्ने, अन्तर्राष्ट्रिय स्तरको कला समिट काठमाडौँमा गर्ने, बागमती प्रदेशलाई कला रिसर्च सेन्टरको रूपमा विकास गर्ने, मठ, मन्दिर, चैत्य, गुम्बामा भक्तजनहरूले चढाएको भेटीको केही प्रतिशत कलाको उन्नयनका लागि लगानी गर्नुपर्ने, तीनै तहको सरकारले आफ्नो वार्षिक बजेटको कम्तिमा १ प्रतिशत कलाको सम्बर्द्धन र प्रबर्द्धनका लागि छुट्ट्याउनु पर्ने, प्रदेशमा गठन गरिएका र गठन गरिने प्रज्ञाप्रतिष्ठानमा ललितकला विधाबाट समावेशी समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने लगायतका सझावहरु प्रज्ञाप्रतिष्ठानको तर्फबाट आएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

मन्त्री श्रेष्ठले उक्त सुझावहरु कार्यान्वयन गर्न र गराउन इमानदारीपूर्वक प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Advertisement