November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

अहिलेका पुस्ता व्यवहारिक शिक्षामा पछाडि परेको छ: सुरेश श्रेष्ठ

२०७९ फाल्गुन २९

2.1K

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सामाजिक सञ्जालमा बालकालिकाहरुको निगरानी गर्नेपर्ने बताए । दुवाकोटस्थित ‘नर्थ इस्ट इङ्लिस सेकेण्डरी स्कुल’को २६ औँ अभिभावक दिवसलाई सम्बोधन गर्दै उनले सामाजिक संजालमा बालबालिकाको प्रस्तुतिको निगरानी गर्नुपर्ने बताएका हुन् ।

हाम्रा बालबालिका कुन बाटोमा जाँदै छन् भन्ने हाल सामाजिक सञ्जालबाट पनि थाह हुने बताउँदै उनले उनीहरू कुलतमा त छैनन् नि भन्ने विषयमा निगरानी गर्नुपर्ने पनि बताए । उनले बालबालिका कतातिर जाँदैछन् भनी विद्यालय र अभिभावक दुवैले निगरानी गर्नुपर्ने सुझाएका हुन् ।

उनले विद्यालयले शिक्षा दिँदै आएपनि व्यवहारिक शिक्षामा भने अहिलेका पुस्ता पछाडि परेको बताउदै व्यवहारिक शिक्षामा विद्यालयले जोड दिनुपर्ने बताए ।

Advertisement

यस विद्यालयले ग्रामीण भेगमा रहेर पनि भाइ बहिनीहरूलाई राम्रो शिक्षा दिएर दक्ष जनशक्ति उत्पादन गर्न ठूलो भूमिक खेलेको बताउँदै उनले विद्यालयको प्रशंसा गरेका थिए ।