November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपाली कांग्रेसको कीर्तिपुर नगर सभापतिमा कृष्णमान डंगोल चयन

3.7K

काठमाडौ । नेपाली कांग्रेसको कीर्तिपुर नगर सभापतिमा कृष्णमान डंगोल सर्वसम्मत रूपमा चयन भएका छन् ।

सभापति डंगोलसँगै उपसभापतिमा सुदन बस्नेत र राजिता महर्जन गौतम चयन भएका छन् भने सचिवमा इच्छाकुमार महर्जन र किरण केसी , सहसचिवमा सूर्यकान्त कोइराला र सानुमैया महर्जन चयन भएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा कांग्रेस विधानअनुसार पवित्रा विष्टलाई मनोनित गरिएको छ ।

Advertisement

सभापति डंगोल पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट हुन् ।