काठमाडौ । आइतबार भएको अधिबेशनबाट नेपाली कांग्रेस रामेछाप जिल्ला सभापतिमा पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् ।
तामाङ ६६८ मत ल्याएर निर्वाचित बनेका हुन् भने लवश्री न्यौपानेले ३५६ र कृष्ण महतले ३२८ मत ल्याएका थिए । तीन जनामध्ये कसैले पनि ५१ प्रतिशत मत प्राप्त गरेका थिएनन् ।
स्रोतका अनुसार सोमबार फेरि चुनावको तयारी थियो । तर दोस्रो धेरै मत ल्याएका न्यौपानेले तामाङलाई समर्थन गरेपछि फेरि मतदान गर्न नपरेको हो ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका न्यौपाने र महत सभापति उठेका थिए । तामाङ भने सभापति शेरबहादुर देउवानिकट हुन् ।