November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सुदूरपश्चिममा बन्दको प्रभावले जनजीवन प्रभावित

4K

बैतडी – नेकपाको प्रचण्ड–माधव समूहले गरेको आम हड्तालको प्रभाव सुदूरपश्चिम प्रदेशमा पनि परेको छ।  बन्दले गर्दा प्रदेशको जनजीवन प्रभावित भएको छ। 

संवैधानिक निकायमा सरकारले प्रक्रिया मिचेर एकतर्फी रूपमा नियुक्ति गरेको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहले विरोधमा आज देशव्यापी आम हड्तालको गरेको हो। 

बन्दका कारण सुदूरपश्चिममा अधिकांश क्षेत्रमा प्रभाव परेको छ। प्रदेशका सबै जिल्लामा यातायात सेवा ठप्प  रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख, प्रहरी उपरिक्षक बामदेव गौतमले जानकारी दिए।  

Advertisement

आम हड्ताल आह्वानका कारण सुदूरपश्चिमका नौ वटै जिल्लामा यातायात, बजार, उद्योग, शिक्षा लगायतका सम्पूर्ण क्षेत्र ठप्प भएका छन्। सार्वजनिक यातायात सेवा सञ्चालन हुन सकेका छैन्। उनले भने,‘रोकिएका सवारी साधनलाई नेपाल प्रहरीले स्कटिङ गरेर गन्तव्‍यमा पुर्‍याउँदैछ।’

प्रदेशको अस्थायी राजधानी कैलालीको धनगढी,अत्तरिया,कञ्चनपुरको महेन्द्रनगर,झलारी, डडेल्धरा,बैतडी,डोटी,दार्चुला लगायतका मुख्य बजारहरू बन्द छन्। आज लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसकेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।