April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु

२०७७ कार्तिक १८

3.1K

विराटनगर – विराटनगरको न्युरो अस्पतालले सञ्चालन गरेको कोभिड १९ अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलबार बिहान उनीहरुको २० मिनेटको अन्तरालमा  मृत्यु भएको हो। 

अस्पतालका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यले  धरान १५–का ६३ वर्षीय पुरुष र विराटनगर ११ का ४९ वर्षीय पुरुषको मृत्यु भएको बताए। मंगलबार बिहान ३ः३० बजे धरानका पुरुष र ३ः५० मा विराटनगरको पुरुषको मृत्यु भएको हो। 

१४ कात्तिकमा भर्ना भएका विराटनगरका पुरुषमा सोही दिन कोरोना पोजेटिभ देखिएको थियो भने २७ असोजमा कोरोना पोजेटिभ देखिएका धरानका पुरुष १२ कात्तिकमा अस्पताल भर्ना भएका थिए।

Advertisement