April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

सरकारविरुद्ध काठमाडौंमा नेविसंघको प्रदर्शन

२०७७ कार्तिक १७

3.7K

काठमाडाैं-भ्रष्टाचार र कोरोना माहामारी नियन्त्रणमा सरकार असफल भएको र आफ्ना कार्यकर्तालाई झुटा मुद्धा लगाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रदर्शन गरेको छ।

सरकार भ्रष्टाचार नियन्त्रणमा असफल भएको, बालुवाटार जग्गाकाण्डमा मुछिएकै व्यक्तिलाई मन्त्री बनाएको, कोरोना महामारी बढ्दै जाँदा निःशुल्क उपचार बन्द गरेको कारण विरोध प्रदर्शन गरेको महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए।

यस्तै, आफ्ना विद्यार्थी नेतालाई  हिरासतभित्र चरम मानसिक र शारीरिक यातना दिने अनुसन्धान अधिकृत र सम्बन्धित प्रहरी कार्यालयका अधिकारीलाई यातना क्षतिपूर्तिसम्बन्धी कारबाहीका निम्ति थप कदम चाल्ने पनि तिमल्सिनाले बताएका छन्।

Advertisement

नेविसंघले सरकारले आफ्ना कार्यकर्तालाई झुटा मुद्धा लगाएकोमा पनि खेद प्रकट गरेको छ।  त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गरेको आरोपमा नेविसंघका केही नेता कार्यकर्ता पक्राउ परेकामा नेविसंघले विरोध जनाउँदै आएको छ। 

भ्रष्टाचार र कोरोना माहामारी नियन्त्रणमा सरकार असफल भएको र आफ्ना कार्यकर्तालाई झुटा मुद्धा लगाएको भन्दै नेविसंघले काठमाडौंलगायत देशका विभिन्न ठाउँहरुमा प्रदर्शन गरिरहेको छ।