April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

खेलकुद क्षेत्रमा पार्टी र गुटगत राजनीति गर्न हुँदैन : मुख्यमन्त्री कार्की

1.6K

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुद क्षेत्रलाई राजनीतिमा मिसाउने पक्षमा आफू नरहेको बताएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागि भई विभिन्न विधादमा पदक विजेता कोशी प्रदेशका खेलाडीहरुलाई सम्मान गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन् । उनले खेलकुद क्षेत्रमा पार्टी र गुटगत राजनीति गर्न नहुने बताउँदै संवैधानिक र कानूनी प्रक्रिया पुर्याएर काम गर्न प्रदेश खेलकुद बोर्डका पदाधिकारीहरुलाई निर्देशन दिए ।

त्यसैगरी उनले विकास बोर्डलाई चाहिलेन आवश्यक कर्मचारीको व्यवस्थापन चाँडै गर्ने जानकारी गराउँदै आर्थिक मन्दि आएपनि प्रदेशका खेलकुद गतिविधिलाई प्रभावित हुन नदिने प्रतिवद्धता जनाए ।

उनले खेलकुद क्षेत्रलाई कोशी प्रदेशकै पहिचानको रुपमा अगाडि बढाउन प्रदेश सरकार तयार रहेको बताउँदै झापाको कमल गाउँपालिकामा अवस्थित रङ्गशालालाई आदिवासी जनजाति रङ्गशालाको रुपमा निर्माण गर्न कोशी प्रदेश सरकारले काम सुरु गरिसकेको जानकारी गराए । उनले भने,‘ नेपालको क्रिकेट खेलले ठूलो आशा जगाएको छ, मोरङको झापा वैजनाथपुर स्थित रङ्गशालालाई तीन वर्ष भित्र अन्तराष्ट्रिय स्तरको रङ्गशालाको रुपमा निर्माण सम्पन्न गर्ने गरी कोशी प्रदेश सरकारले काम अगाडि बढाउनेछ ।’

Advertisement

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले आगमी २/३ वर्ष भित्र खेलकुदको क्षेत्रमा सन्देश दिने गरी काम गर्ने दाबी गरे । कार्यक्रममा बोल्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले राष्ट्रिय स्तरका खेलाडीहरु राष्ट्रिय व्यक्तित्व भएकाले अनुशासनमा ध्यान दिनुपर्ने बताए । उक्त सम्मान कार्यक्रम कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजना र प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा विभिन्न विधाका पदक विजेताहरु ललित राजवंशी र दीपेश कंडेल एक लाख ११ हजार १११, सञ्जय राई ३० हजार , प्रिय राईलाई एक लाख नगद् डेनिका राईलाई २५ हजार, सागर यादव १५ हजार, निमा जिसीलााई १५ हजार, अंशु मण्डललाई , रंजु चौधरी, र पूजा चौधरीलाई पाँच हजार नगदसहित सम्मान गरिएको थियो ।