काठमाडौं । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।
७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
उनलाई आफ्नै दल माओवादी केन्द्र (२१), नेकपा एमाले (२७) राप्रपाको (१३), एकीकृत समाजवादी (७) र हाम्रो नेपाली पार्टीको (२) को समर्थन छ ।
त्यस्तै, गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्। नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसद्को समर्थनमा अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। अधिकारीलाई एमालेका २३, माओवादी केन्द्रका ८, राप्रपाका १ र स्वतन्त्र सांसद दीपक मनाङेको गरी ३३ जनाको समर्थन छ।