November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

काठमाडौंका बालगृहमा अलपत्र ११ बालबालिकाको उद्धार

6.2K

काठमाडौं–काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकाको उद्धार गरिएको छ। 

काठमाडौंको सहारा अन्तर्राष्ट्रिय बालगृह र केअर बालगृहमा  अलपत्र अवस्थामा रहेका हुम्लासहित विभिन्न जिल्लाका ११ बालबालिकालाई उद्धार गरिएको हो। लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका हिमाली नवीन समाजले ती बालबालिकालाई उद्धार गरी परिवारको जिम्मा लगाएको छ ।

उद्धार गरिएकामध्ये सात बालबालिकालाई जिल्ला बाहिर नेपालगञ्ज, काठमाडौँमा रहेका आफन्तलाई बुझाइएको छ भने बाँकी हुम्लाका चार जनालाई परिवारसँग पुनःमिलन गराइएको छ। गाउँका नातेदारले १२ कक्षासम्म निःशुल्क पढाइ दिने भन्दै रु ४० हजारसमेत लिएको खुलासा भएको छ।

Advertisement

कमजोर आर्थिक अवस्थाका कारणले गर्दा कपी, कलमसमेत किन्न नसक्ने अवस्थामा भएपछि आफन्तले कुनै बालगृहमा लगिदिन्छु भनेपछि आफ्नो छोरालाई विश्वास मानेर पठाएको हुम्लाका अदानचुली गाउँपालिका–५ का कुल टमटाले बताए।