April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

जाडो मौसममा कोरोना अझै फैलिन्छ, पूर्व तयारी बढाऊँ: नेपाली सेना

4.7K

काठमाडौं – मृतक संक्रमितहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाले जाडो महिनामा अझै कोरोना (कोभिड१९संक्रमण फैलिने निष्कर्ष निकालेको छ।

आइतबारदेखि जंगी अड्डामा सञ्चालन भएको तीन दिने पृतनापति समन्वयात्मक बैठकको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले जाडो महिनामा नेपालमा अझै कोरोना फैलिन सक्ने भन्दै सतर्कता बढाउनुपर्ने उल्लेख गरेका हुन्।

जाडो मौसमका कारण कोभिड-१९ को महामारी बढ्दै जाने पूर्वानुमान गरिएको छ‘, उनले सम्बोधनका क्रममा निर्देशन दिँदै भनेत्यही अनुसार सबै पृतनाहरूले सम्बन्धित सरोकारवाला निकायहरुसँगको निरन्तर समन्वयमा आवश्यक पूर्वतयारी गर्न लाग्नु होला।

Advertisement

प्रधान सेनापति थापाले यस महामारीको समयमा आफ्नो फौज र परिवारका स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्‍याउन पनि पृतनापतिहरूलाई भनेका छन्। उनले कोभिडका कारण देशमा निस्किएको जटिलताको विश्लेषण गरेर आवश्यकता सतर्कता बढाउन जरुरी रहेको पनि बताएका छन्। 

संक्रमण भइहालेमा उचित उपचारको व्यवस्था मिलाउन र तिनको हौसला कायम राख्न तथा राख्न लगाउनुस्‘, निर्देशनका क्रममा थापाले भने।

सम्बोधनका क्रममा थापाले नेपाली सेनालाई प्रणालीमा आधारित बनाउन यो बैठकले थप बल पुर्‍याएको बताउँदै देशको वर्तमान प्रवृत्तिको पनि विश्लेषण गरिएको उल्लेख गरेका छन्।

बैठकको क्रममा जङ्गी अड्डाका विभिन्न महानिर्देशनालय, निर्देशनालय, विभाग र कार्यालयबाट आ-आफ्नो विभागको जिम्मेवारी सम्बन्धी विषयहरुको कार्य प्रगतिको समीक्षा गरिएको थियो।

भर्चुअल रुपमा बैठकमा सहभागी पृतनापतिहरूले आ-आफ्नो क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थिति बारे चर्चा गरेका थिए। उनीहरुले कोभिड-१९ बाट सिर्जित अवस्था र आई पर्नसक्ने सुरक्षा चुनौती एवं लिनुपर्ने कार्यनीतिबारे सुझावसहितको प्रस्तुतिकरण पनि गरेका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।