February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

मध्यराति घर भत्किएर किच्दा १० वर्षीया बालिकाको मृत्यु

3.2K

पाल्पा-  अविरल वर्षाका कारण घर भत्किँदा आज (आइतबार) बिहान पाल्पामा एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तानसेन नगरपालिका–१० कैलासनगरका नारायण दर्जीकी १० वर्षीया छोरी नैना दर्जी छिन् ।

पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार गए राति साढे दुई बजेको समयमा एक तले कच्ची घरमा सुतिरहेकी नैनालाई घरको पछाडि तर्फको गारो भत्किएर च्यापेको थियो । गम्भीर घाइते भएकी बालिकाको युनाईटेड मिशन अस्पतालमा मृत्यु भएको हो ।

Advertisement