April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

काठमाडौंमा ५० वर्षमाथिका नागरिकलाई आजदेखि भेरोसेलको दोस्रो मात्रा खोप दिइँदै

2.8K

काठमाडौं – काठमाडौं जिल्लामा आज (शुक्रबार) देखि ११ गतेदेखि तीन दिन भेरोसेल खोपको दोस्रो मात्रा दिन लागिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भेरोसेलको पहिलो मात्रा लगाएका ५० वर्षभन्दा माथि उमेर समुहका नागरिक, विश्व विद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्क सेवामा कार्यरत व्यक्तिहरु, खोप अनिवार्य गरिएका देशका देशमा जाने नेपाली नागरिक र यस अघि भेरोसेलको दोस्रो मात्रा लगाउन छुटेका नागरिकलाई दोस्रो मात्रा खोप दिन लागिएको हो ।

दोस्रो मात्रा खोप लगाउने जाने नागरिकले पहिलो मात्रा खोप लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहितको नम्बर ल्याएको आधारमा खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

यो अवधिमा भेरोसेलको पहिलो मात्रा खोप कसैलाई पनि नदिन, केन्द्र तोक्दा सम्भव भएसम्म स्वास्थ्य संस्थामा नै तोक्न पनि कार्यालयले पालिकाहरुको ध्यानाकर्षण गराएको छ ।
यी हुन् खोप केन्द्र

Advertisement