November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

चट्याङ लागेका ११ वर्षीय बालकको गयो ज्यान, तीन जना घाइते

4.5K

गुल्मी –  गुल्मीको इस्मा गाउँपालिकामा चट्याङ लागेर एक बालकको ज्यान गएको छ । इस्मा गाउँपालिका–४ का ११ वर्षीय राहुल गन्धर्वको बुधबार साँझ परेको चट्याङले लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

चट्याङ लागेर अन्य तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार ३९ वर्षीय रामबहादुर गन्धर्व, २४ वर्षीया रुपा नेपाली र ११ वर्षीय किस्मत नेपाली घाइते भएका हुन् ।

उनीहरुलाई गुल्मी अस्पतालमा सामान्य उपचारगरी थप उपचारको लागि पाल्पा लगिएको प्रहरीले जनाएको छ । चट्याङ लागेर स्थानीय नारायण बस्नेतका ३ वटा बाख्रा पनि मरेका छन् ।

Advertisement