काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोनाका २७४५ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ७४४९ पिसीआर र ५८४१ ऐन्टिजेन गरी १३ हजार २९० नमुना परीक्षणमा २७४५ जना संक्रमित थपिएका हुन् ।
आज भक्तपुरमा १६, ललितपुरमा ७४ र काठमाडौंमा ४५५ गरी उपत्यकामा आज ५४५ जनामा संक्रमण पुष्टि भएको छ ।
आज थपिएका २७४५ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या पिसीआर प्रविधिबाट गरिएको परीक्षणमा संक्रमित हुनेको संख्या ६ लाख १२ हजार २०२ पुगेको छ भने ऐन्टिजेन विधिबाट गरिएको परीक्षणमा २२,४०३ जना संक्रमति भएका छन् । दुवै विधिबाट परीक्षण गर्दा कूल संक्रमितको संख्या ६ लाख ३४ हजार ६०५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशैभरी ४१८७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४१८७ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ४० हजार ४३९ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ८८.२ प्रतिशत रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ४१ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८,५०६ पुगेको छ ।
नेपालमा हाल ६३ हजार २५७ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५८ हजार ८६८ जना र संस्थागत आइसोलेशनमा ४३८९ जना रहेका छन् ।
त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ९६७ र भेन्टिलेटरमा २८५ जनाको उपचार भइरहेको छ । सोमबारको तुलनामा मंगलबार आइसीयु र भेन्टिलेटरमा रहनेको संख्यामा कमी आएको छ ।