काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को नेपालस्थित कार्यालयले नेपालमा कोरोनाको छुट्टै नयाँ ‘भेरियन्ट’ देखा परेको विषयमा आफूलाई जानकारी नभएको बताएको छ ।
बेलायती सञ्चार माध्यमहरुले कोरोनाको नेपाली भेरियन्ट रहेको दाबी गरेपछि डब्ल्युएचओले नेपालमा छुट्टै भेरियन्ट रहेको विषयमा आफूलाई जानकारी नभएको स्पष्ट पारेको हो । डब्ल्युएचओका अनुसार हालसम्म नेपालमा भारतका दुई र बेलायतका एक गरी तीन भेरियन्ट सक्रिय छन् ।
डेलीमेलले बेलायती वैज्ञानिकहरुको भनाइ उदृत गर्दै नेपाली भेरियन्ट खतरनाक भएको र त्यसलाई खोपले समेत काम नगर्ने उल्लेख गरेको छ । डब्ल्युएचओसँगै नेपालको स्वास्थ्य मन्त्रालयले पनि आफूहरुलाई कोरोनाको नयाँ भेरियन्टबारे थाहा नभएको र समाचारमा आएको विषय आधिकारिक हो यहा होइन भन्ने अनुसन्धान भइरहेको बताएको छ ।