November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कीटनाशकका कारण विश्वमा एक तिहाइ जमिन जोखिममा

3.1K

काठमाडौं- किराबाट बाली जोगाउन प्रयोग गरिने कीटनाशक औषधिका कारण विश्वमा एक तिहाइ जमिन जोखिममा रहेको पाइएको छ।

अष्ट्रेलियाको स्कुल अफ सिभिल इन्जिनियरिङले गरेको अध्ययनले कीटनाशकको प्रयोगका कारण वायु प्रदूषण, पानीको गुणस्तरमा ह्रास, जैविक विविधतामा हानी पुग्नुका साथै मानव स्वास्थमा हानी परिरहेको औंल्याएको हो। अध्ययनमा सहभागी अष्ट्रेलियाको स्कुल अफ सिभिल इन्जिनियरिङका प्रमुख फियानो ताँगले कीटनाशक प्रयोग भइरहेको कुल क्षेत्रमध्ये ३४ प्रतिशत क्षेत्र अतिजोखिममा रहेको बताए। उक्त ३४ प्रतिशत क्षेत्रमा जैविक विविधता रहेका कारण कीटनाशकको प्रयोग रोक्ने सम्बन्धमा गहिरो चिन्तन गुर्नपर्ने उनले बताए।

१६८ देशमा प्रदूषणबाट हुने जोखिमसम्बन्धी गरेको अध्ययनमा ९२ प्रकारका कीटनाशकको प्रयोगले खेतीयोग्य जमिनमा समेत जोखिम पारेको देखाएको हो।

Advertisement

अध्ययनअनुसार दक्षिण अफ्रिका, चीन, भारत, अष्ट्रेलिया र अर्जेन्टिनामा कीटनाशक प्रदूषणको सबैभन्दा उच्च जोखिम रहेको पाइएको छ। ती देशहरुमा पानीको सबैभन्दा आवश्यकता रहेकोसमेत अध्ययनले औंल्याएको छ।
उक्त अध्ययन नेचर जियोसाइन्समा प्रकाशित गरिएको छ। अध्ययनले मानव स्वास्थमा सीधा पार्ने प्रभाव सम्बन्धमा उल्लेख गरिएको छैन। तर, पिउने पानीमा कीटनाशकको प्रभावका कारण जोखिम रहेको छ।

अध्ययनकर्ताहरुले ५९ झारपात नाशक, २१ कीटनाशक र १९ फन्जीसाइट्सलाई आफ्नो अध्ययनमा समावेश गरेका थिए।
अध्ययनअनुसार एसियामा जमिनको सबैभन्दा ठूलो क्षेत्र ४९ लाख वर्गकिलोमिटर अत्यधिक जोखिममा रहेको छ। जसमा २९ लाख वर्गकिलोमिटर हिस्साका लागि चीन जिम्मेवार रहेको प्रतिवेदनमा औंल्याएको छ।

अध्ययनले रुस, युक्रेन र स्पेनमा उच्च प्रदूषणको अनुमान गरिएको छ। ती देशहरुको करिब ६२ प्रतिशत अर्थात् २३ लाख वर्गकिलोमिटर खेतीयोग्य जमिनमा प्रदूषणको अत्यधिक जोखिम रहेको छ। विश्वभरि कीटनाशकको प्रयोग बढ्दोक्रममा रहेको छ।