November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

विद्यालयका बालबालिकामा कोरोना संक्रमण बढेकोले विद्यालय बन्द गर्न निर्देशन

3.8K

काठमाडौं-पछिल्लो समय विद्यालयका बालबालिकामा कोरोना संक्रमण बढेकोले सिसिएमसीलाई विद्यालय बन्द गर्न निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले बताएका छन्।

उनले थाहाखबरसँग टेलिफोन संवादमा भने,’संक्रमणदर बढेकोले विद्यालयका बालबालिकालाई भौतिक रूपमा उपस्थित नगराई भर्चुअल माध्यमबाट पढाउनलाई भनिसकेका छौँ।’

विभिन्न समयमा सम्बन्धित निकायलाई जनस्वास्थ्यका मापदण्ड अपनाएर शैक्षिक गतिविधि अपनाउन आग्रह गरिएको उनले जानकारी दिए। अधिकारीले भने,
‘यसअघि  बालबालिकामा ७.५ प्रतिशत बालबालिकामा संक्रमण रहेको थियो। शुक्रबार मात्र १६ प्रतिशत बालबालिकामा संक्रमण देखिएको छ।’ उनका अनुसार ५४ जना बालबालिकामा संक्रमण देखिएको थियो। अहिले देखिएका संक्रमितहरू सबै १८ वर्ष भन्दा तलका छन्।

Advertisement

घनाबस्ती भएको ठाउँमा संक्रमण उच्च रहेको उनको भनाइ छ। सबैभन्दा बढी संक्रमण काठमाडौं उपत्यकामा रहेको उनले बताए। सीमा नाका रहेका जिल्लामा पनि बढी संक्रमण बढदै गएको उनले प्रस्ट पारे। स्वास्थ्य मन्त्रालयका अनुसार हिजो ३ सय ३२ जनामा संक्रमण पुष्टि भएको थियो।