April 22, 2026, Wednesday
२०८३ बैशाख ९
1:37:26 pm

नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि एनआरएन र सांस्कृतिक संस्थानबीच छलफल

5

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिका संयोजक सोम नाथ सापकोटाले सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनसँग भेटघाट गरेका छन्।

भेटमा नेपालको गौरवशाली संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै ‘अतिथि देवो भव:’ को मूल भावका साथ विदेशी नागरिकलाई नेपाल भ्रमणतर्फ आकर्षित गर्ने तथा सांस्कृतिक पर्यटनको विकासलाई अझ सुदृढ बनाउने विषयमा गहन विचार आदानप्रदान भएको छ।

छलफलका क्रममा मुनामदन नाटक, नेपालका विभिन्न जात्रा तथा परम्परागत सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र विश्वव्यापी प्रवर्द्धन गर्ने विषयमा विशेष जोड दिनुका साथै गैरआवासीय नेपाली संघ (एनआरएनए)का नीति तथा कार्यक्रमलाई दीर्घकालीन रूपमा प्रभावकारी ढंगले अगाडि बढाउन सहकार्य गर्ने विषयमा सांस्कृतिक संस्थान सधैं प्रतिबद्ध रहेको कुरा व्यक्त गरिएको छ।

Advertisement

दुवै पक्षबीच सहकार्यलाई अझ सुदृढ बनाउने सहमति समेत भएको बताइएको छ।