December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

भूकम्प पीडितलाई सहयोग गर्न एनआरएनए अध्यक्ष आरके शर्माको आह्वान

२०८० कार्तिक १८

2.7K

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष आरके शर्माले भूकम्प पीडितलाई सहयोग गर्न विदेशमा बस्ने नेपालीलाई आह्वान गरेका छन् । शुक्रबार मध्यराति १२ बजे जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पले धनजनको क्षति भएसँगै अध्यक्ष शर्माले सरकार र पीडितलाई यो दुःखको घडीमा आवश्यक सहयोगको लागि गैरआवासीय नेपाली संघ तयार रहेको बताएका हुन् । 

भूकम्पमा परेर निधन भएकाहरुलाई हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शर्माले सामाजिक संजालमा लेखेका छन्,  ‘जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पमा परेर निधन भएका सबै जनालाई हार्दिक श्रद्धाञ्जली ! घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। राहत उद्धारमा केन्द्रित हुन सरकारलाई अनुरोध गर्दै विगतमा जस्तै विदेशमा बस्ने नेपालीलाई भूकम्प पीडितलाई सहयोग गर्न अनुरोध गर्दछु । आवश्यक सहयोगको लागि गैरआवासीय नेपाली संघ तयार रहेको जानकारी गराउँछु ।’

भूकम्पमा परेर १२८ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्।

Advertisement

भुकम्पमा परेकाहरूको उद्दार र राहतका लागि सेनाका ३ हेलिकप्टर र निगमको जहाज भूकम्प प्रभावित क्षेत्रमा गएका छन् । उद्धार, उपचार र राहतका लागि स्वास्थ्यकर्मी, उद्धारकर्मी र राहत सामग्री लिएर नेपाली सेनाका तीन हेलिकप्टर, नेपाल वायु सेवा निगमको एक जहाज जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रतर्फ लागेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री एवं जाजरकोटका सांसद शक्ति बस्नेत, रुकुम पश्चिमका सांसद जनार्दन शर्मा उपचार सामग्री र स्वास्थ्यकर्मीसहित प्रभावित क्षेत्र जारकोटमा पुगेका छन् ।