लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका लागि रविना थापाले पुनः उम्मेदवारी घोषणा गरेकी छिन् । आगामी अक्टोवरमा हुने ११ औं महाधिवेशनमा पुन: उम्मेदवारी दिने उनले घोषणा गरेकी हुन् ।
उनले आफूले सुरु गरेको योजनाहरु पूरा गर्नका लागि पनि आफूले अध्यक्षमा आउन चाहेको बताएकी हुन्। एनआरएनए अमेरिकाको साधारणसभा समारोहमा बोल्दै उनले भनिन् ‘मलाई फेरि अध्यक्ष बन्ने इच्छा छ । आज मैले मेरो कुरा यहाँ राखे, औपचारिकरुपमा केही दिनमै उम्मेदवारी घोषणा गर्छु । तपाईंहरुले सहयोग गर्नुहोला ।’
अघिल्लो कार्यकालमा ६ महिनामात्रै अध्यक्ष भएकी रविनाले अब अक्टुबरमा हुन लागेको सम्मेलनमा आफूले २ वर्षे पूरा कार्यकालका लागि अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेकी हुन् ।