May 18, 2024, Saturday
२०८१ जेष्ठ ५
1:37:26 pm

एनआरएनए कतारमा रमेश भट्ट निर्वाचित

1.4K

दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतार, राष्ट्रिय समन्वय परिषदको १० औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा रमेश भट्ट निर्वाचित भएका छन् । भट्ट सन् २०२३–०२५ कार्यकालका लागि निर्वाचित भएका हुन् ।

विहिबारदेखि शुक्रबार रातीसम्म सन्चालन रहेको अनलाइन मतदान अनुसार भट्टले ३२२८ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी पदम गिरीले २३८५ मत ल्याएका छन् ।

त्यसैगरी प्रथम उपाध्यक्ष कृष्ण पन्थी, द्वितिय उपाध्यक्ष केशव कार्की, तृतीय उपाध्यक्षमा सन्दिप कुमार भट्टराई, महिला उपाध्यक्ष नानू घले र यूवा उपाध्यक्ष, यूवा उपाध्यक्षमा सुवास बहादुर थापा निर्वाचित भएका छन् भने महासचिवमा रबिन मगर निर्वाचित भएका छन् ।

Advertisement

शुक्रबार राति १२ बजे (नेपाली समय) सम्म संचालन रहेको निर्वाचनमार्फत सचिवमा ओम बहादुर क्षेत्री (सन्तोष), रोशन अर्याल र सुरज शर्मा अधिकारी तथा कोषाध्यक्षमा बुद्ध पाण्डे, सह–कोषाध्यक्षमा झबिन्द्र आचार्य बिजयी भएका छन् ।

यूवा संयोजकमा मेहेद सिंह तामाङ र महिला संयोजक सुस्मा खतिवडा कटवाल विजयी भएका छन् ।

त्यस्तै सदस्यहरुमा इनुस मोमिन, इसिलाल पन्डित, झबिन्द्र प्रसाद बेल्बासे, तिलक बहादुर बस्नेत, दुर्गा बहादुर बिक, टंक बहादुर बिक, परमानन्द भट्ट, प्रेम कुमार बस्नेत, बिनोद राना मगर, बिष्णु सापकोटा, बिनोद राना मगर, मो.अजाद मंसुर, मो.कौसर रब्बानी, रमेश केसि, राजेन्द्र काफ्ले, सन्तोष कुँवर, सन्तोष पौडेल, सुमन कुमार लो, सुदिप पाठक, श्याम प्रसाद पौड्याल निर्वाचित भएका छन् ।

लेखा समिति संयोजकमा कबिन्द्र कँडेल, लेखा समिती सदस्यमा गिरिराज दुवाडी, विकास लामा निर्वाचित भएका छन् ।

आईसीसी सदस्यमा दिपजंग शाह ठकुरी, श्रीकृष्ण भट्टराई, तेज कटुवाल, दुर्गा प्याकुरेल, प्रेम बहादुर चलाउने, बिक्रम कार्की आईसीसी सदस्यमा निर्वाचित भएका छन् ।

एनआरएनए कतारको निर्वाचनमा ६२.८० प्रतिशत मत खसेको थियो । नवनिर्वाचित कार्यसमितिको शपथ शानिबार हुनेछ ।