September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

एनआरएनए मलेसियाको अध्यक्षमा बिनोद थापा चयन

850

क्वालालाम्पुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अध्यक्षमा बिनोद थापा र प्रथम उपाध्यक्षमा राकेश महतो निर्वाचित भएका छन् । २०२३–२०२५ को लागि एकवर्षपछि कार्य समितिको अध्यक्ष हुने आन्तरिक सहमतिमा महतो उपाध्यक्षमा चयन भएका हुन् । अध्यक्षका उमेदवार महतोले जुलाई २४ तारीख राती अन्तिम समयमा थापालाई समर्थन दिएका थिए ।

यस्तै एनआरएनए उपाध्यक्षहरुमा ईन्द्र नारायण लिम्बु, हेमराज सापकोटा, रंजित कुमार क्षेत्री, अरुण गिरी, दिल कुमार केरुङ निर्वाचित भएका छन् भने युवा उपाध्यक्ष नारायण अधिकारी र महिला उपाध्यक्ष लिला मगर निर्वाचित भएका छन् ।

एनआरएनए महासचिवमा टेकबहादुर अधिकारी, सचिवमा श्याम बहादुर श्रेष्ठ र विशु प्रसाद बराल निर्वाचित भएका छन् भने कोषाध्यक्ष बालध्वज लिम्बु, सहकोषाध्यक्षमा बिमल राना, युवा संयोजक राजु लामा र महिला संयोजक ईन्दु बस्नेत निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा विष्णु चौधरी, राजु कुमार श्रेष्ठ, भेशराज ज्ञवाली (हरीं), खेम राज खत्री, विजय मण्डल निर्वाचित भएका छन् । थप अन्य सदस्यहरु पछि थप्ने सहमति भएको छ ।

Advertisement

एनआरएनएको महाधिवेशन जुलाई ३० तारीख होटेल ग्राण्ड कन्टिनेन्टलमा भब्यरुपमा हुने भएको छ । अधिवेशनमा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिका साथ भव्य रुपमा गरिने आयोजक समितिका महासचिव रंजित क्षेत्रीले बताए ।