March 15, 2025, Saturday
२०८१ चैत्र २
1:37:26 pm

एनआरएनए यूकेको नाममा भइरहेको कार्यक्रम अवैधानिक भएको थाहा पाएपछि राजदूत बाटोबाटै फर्किए

8.3K

लन्डन । एनआरएनए यूकेको कार्यक्रममा प्रमुख अतिथि हुन हिंडेका बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य उक्त कार्यक्रम अवैधानिक भएको थाहा पाएपछि बीच बाटोबाटै फर्किएका छन्। एनआरएनए यूके कार्यसमितिभित्रै कार्यक्रम सम्बन्धमा चर्को विवाद भएपछि उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा निम्त्याइएका राजदूत सहभागी भएनन्।

आज अगस्ट ६ मा गर्ने भनी तय गरिएको बार्षिक साधारण सभा कार्यक्रमको प्रमुख अतिथिको रुपमा राजदूतले भाग लिने योजना थियो। तर अन्तिम समयमा कार्यक्रम विवादित बनेर कार्यसमितिको बहुमत पदाधिकारीले बहिष्कार गरेपछि राजदूत स्वयंले स्वविवेकले सहभागी नभएका हुन्।

कार्यक्रममा सहभागी हुन लन्डनबाट अल्डरसटतर्फ लागिसकेका राजदूत बीच बाटोबाटै फर्किएको एनआरएनए यूकेका एक उपाध्यक्षले टेलिफोनमार्फत् जानकारी गराए।

Advertisement

उता, कार्यक्रमका प्रमुख अतिथि राजदूत आचार्यले अन्तिम समयमा धोका दिएको भन्दै आयोजकले गम्भीर असन्तुष्टि जनाएका छन्।

अध्यक्ष प्रेम गाहा मगरले “एकलौटी रुपमा अवैधानिक र मनोमानीपूर्ण ढंगले संघ चलाएको, आर्थिक अनियमितता गरेको, माथिल्लो निकाय आइसीसीलाई नमानेको” भन्दै कार्यसमितिको तीन चौथाई सदस्यहरुले गत शुक्रबार ५ अगस्टमा सामुहिक प्रेस वक्तव्य निकालेपछि एनआरएनए यूकेको विवाद नयाँ चरणमा प्रवेश गरेको हो । हेर्नुहोस् सम्बन्धित समाचारः