April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

दमाममा नेपाली राहदानी आवेदन संकलन शिविर सम्पन्न

सुमन सहयात्री योङहाङ
२०८० बैशाख १८

8K

दमाम । दमाममा नेपाली राहदानी आवेदनको संकलन दुई दिने शिविर सम्पन्न भएको छ । शिविरमा १०२८ जनाको राहदानी नवीकरण आवेदन संकलन गरिएको छ भने ४३४ जनाको नवीकरण राहदानी वितरण गरिएको छ ।

अप्रिल २८ र २९ (शुक्रबार र शनिबार) तारीखमा सञ्चालन भएको दुई दिने राहदानी आवेदन संकलन शिविर दमामको अल फैसलियास्थित असेम रेष्टहाउसको हलमा सञ्चालन गरिएको थियो ।

राहदानी आवेदन संकलनको सेवा साउदी अरबको पुर्वी क्षेत्र अलहासा, दमाम, जुबेल, कतिफ, खब्जी र अलखोबारका नेपालीहरूले लिएका थिए ।

Advertisement

शिविरका दौरान– साउदी अरबमा रहँदा आइपर्नसक्ने साझा समस्या, तिनको समाधानको उपाय तथा नेपाली कामदारले साउदी अरबमा रहनुञ्जेल गर्न हुने र गर्न नहुने काम (म्यक बलम म्यल’तक) का बारेमा उपस्थित व्यक्तिहरूलाई आवश्यक जानकारी दिइएको थियो।

नेपाली राजदूतावास रियादले गैरआवासीय नेपाली संघ–राष्ट्रिय समन्वय परिषद् साउदी अरब र नेपाल आदिवासी जनजाति महासंघ साउदी अरबसँगको समन्वय र सहकार्यमा शिविर सञ्चालन गरेको थियो