April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

३४६ जना नेपालीहरू साउदी अरबको जेलमा

सुमन सहयात्री योङहाङ
२०८० बैशाख १८

7.6K

दमाम । साउदी अरबको विभिन्न क्षेत्रहरूको जेलमा ३४६ जना नेपालीहरू रहेको रियादस्थित नेपाली दूतावासले जनाएको छ । साउदी अरबको जेद्धाको जेलमा मात्रै ५२ जना नेपाली थुनिएका छन् ।

अधिकांस मदिरा (रक्सी) बेचबिखनदेखि लिएर मदिरा बनाउने, मदिरा ओसारपसार गर्नेसम्मको कार्यहरूमा संलग्न रहेको पाइएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार लगभग ८० प्रतिशत मदिरा (रक्सी)कारोबार तथा बेचबिखन गरेको कारण जेल परेको बताएको छ । साउदी अरबमा मदिराजन्य कुराहरू उत्पादन गर्नु गैरकानुनी हो ।

अन्य जेल पर्नेहरूमा विभिन्न केशका कारण तथा अवैधानिक तरिकाले बसोबास गर्ने, कम्पनीको सम्झौता पुरा नगरी अवैधानिक तरिकाले कम्पनी छोडेर भाग्ने, अवैध कामहरू गर्ने र झगडा गरेका मुद्धाहरू रहेका छन् ।

Advertisement

उनीहरको बारेमा कुटनैतिक पहल गर्न नेपाली राजदूतावास रियाद र जेद्वास्थित महाबाणिज्य दूतावासले पहल थालेको श्रोतले बताएको छ ।