अष्ट्रिया । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपालको अष्ट्रिया शाखा गठन भएको छ । अष्ट्रियामा रहेर यस पार्टीसँग आस्था राख्ने नेपालीहरुले २० जुलाई दिन प्रवास नेपाली सम्पर्क विभाग अष्ट्रिया गठन गरी नेपाली सम्पर्क विभाग, युरोपका संयोजक भोला लामिछानेलाई जानकारी गराएका छन् ।
विकास कार्कीको सभापतित्वमा गठित समितिमा उपसभापति सुमन मानन्धर, दिलिप शाह, महामन्त्री याम मानन्धर, सहमहामन्त्री हिमाल राणा, सचिव विद्या आचार्य बराल र रमेश क्षेत्री, कोषाध्यक्ष करुणा श्रेष्ठ, सहकोषाध्यक्ष चुनु थापा चयन भएका छन् ।
त्यसैगरी राजकुमार गुरुङ, सुशिल शाह, लक्ष्मी गिरी, भूपेन्द्रसंह राना, आनन्द सिंह, कृष्णबहादुर राउत र विपिन पाण्डे सदस्य रहेका छन् ।
गठन गरेको जानकारी केन्द्रीय समितिलाई दिएको र आधिकारिता दिलाउन निवेदन पनि गरेको समाचार प्राप्त भएको छ ।