लन्डन । धम्पुस परिवार यूकेको अध्यक्षमा कुमार गुरुङ सर्वसम्मत चयन भएका छन् । कास्कीको धम्पुस घर भई बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको उक्त समुहको १४औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले कुमार गुरुङलाई अध्यक्ष पदमा चयन गरेको हो ।
जुलाई ३ आइतबार अल्डरसटस्थित एम्पायर हलमा भएको उक्त अधिवेशनले प्रथम उपाध्यक्षमा धन गुरुङ, दोस्रो उपाध्यक्षमा अमर गुरुङ, महासचिवमा गोलमान गुरुङ, सचिवमा रबि गुरुङ, कोषाध्यक्षमा राजेन गुरुङ, सहकोषाध्यक्षमा अर्जुन गुरुङ निर्वाचित गरेको छ । त्यसैगरी कार्यसमिति सदस्यहरुमा अमर गुरुङ र कुमार गुरुङ चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष गुरुङले सर्वसम्मत निर्वाचित भएकोमा खुसी व्यक्त गर्दै सबैलाई धन्यवाद दिएका थिए । कुमार गुरुङ सहारा यूकेका निवर्तमान अध्यक्ष, कोने/घोताने/घोण्डे समाज यूकेका उपाक्ष्यक्ष र तमुधिं यूकेका सल्लाहकार पनि हुन् । गुरुङ यसअघि धम्पुस परिवार यूकेका प्रथम उपाध्यक्ष थिए ।
साधारणसभामा परिवारको कोषाध्यक्ष अशोककुमार गुरुङले आर्थिक प्रतिवेदन र महासचिव गोलमान गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पहिलो चरणको अन्तमा अध्यक्ष इन्द्र नारन गुरुङले धन्यवाद मन्तव्य राख्दै पाँचौ कार्यसमितिको पदावधि समाप्त भएको घोषणा गरेका थिए ।