November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

एनआरएनए अमेरिकाको युवा संयोजकमा आजेशको उम्मेद्‍वारी

4K

काठमाडौं – गैरआवासिय नेपालीसंघ (एनआरएनए) अमेरिकाको आगामी निवार्चनका लागि युवा संयोजकमा आजेश उप्रेतीले उम्मेद्‍वारी दिने भएका छन्।

उप्रेतीले युवा जोश र विस्वासले एनआरएनए अमेरिकाको मुहार फेर्न आफुले वर्ष २०२१–२०२३ का लागि आगामी निर्वाचनमा उक्त पदमा उम्मेद्‍वारी दिने घोषणा गरेका हुन्।

उप्रेती फाईनान्स–एमबिए, योजना प्रबन्धन–एमएस एवम पिएचडी स्कलर, शेयर कोरोबारीहरुको चर्चित समूह नेपाली रबिनहुडका नेताका रुपमा वित्तिय साक्षरता, युवा स्वोरोजगार सामुदायिक बिकासका बिभिन्न गतिविधीहरु गरिरहेका छन्।

Advertisement