November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नोभेम्बर भित्र भिजिट भिसाको म्याद सकिएकाले कुवेत छोड्नु पर्ने

२०७७ कार्तिक २५

5K

दोहा- भिजिट भिसा समाप्त भएर पनि कवेतमा बसेकाहरूले  नोभेम्बर ३० अघिनै मुलुक छोड्नु पर्ने त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सबै प्रकारका भिजिट भिसामा प्रवेश गरेका र म्याद सकिएका सबैलाई कुवेत छोड्न अनुरोध गरेको छ । भिजिट समाप्त भएकाहरुलाई यात्रा प्रक्रिया सुरू गर्नसमेत अनुरोध गरिएको छ ।

अटेरी गरेर बस्ने सबैलाई डिपोट गरी पठाइने मन्त्रालयलाई उदृत गर्दै अरब टाइम्सले जनाएको छ । यसरी पठाईएका जो कोहीले पनि फेरि कुवेत प्रवेश गर्न पाउने छैन् ।

Advertisement

सबै प्रायोजकहरू र रोजगारदाताहरूलाई उनीहरूको प्रायोजित व्यक्तिको रेसिडेन्सी भिसा भएकाहरुको नोभेम्बर ३० सम्म सिभिल आइडी बनाउन मन्त्रालयको वेबसाइट मार्फत वा निवास सम्बन्ध विभागमा गएर नवीकरण गर्न अनुरोध गरिएको छ।

कोरोना भाइरसको विषम परिस्थितिका कारण  नेपाललगायतका विभिन्न मुलुकहरूमा अन्तर्राष्ट्रिय हवाई उडानहरू (चार्टर्ड उडान बाहेक) संचालनमा नआएपछि कुवेतले भिसाको म्याद थप्दै आएको थियो ।

पहिले थप गरिएको ३ महिनाको अवधिसमेत समाप्त भएपछि कुवेतले थप ३ महिना (३० नोभेम्बरसम्म)को भिसाको म्याद थपेको थियो ।